नेकपा एसलाई थ्रेसहोल्ड कटाउन कठिन

भरतपुर, १६ मंसिर ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने थ्रेसहोल्ड कटाउने प्रयासमा छ । यद्यपि अहिलेकै अनुपातमा यो पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ । यो पार्टीले शुक्रबार बिहानसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । उसलाई थ्रेसहोल्ड कटाउन अझै २० हजारको हाराहारीमा मत चाहिने देखिन्छ ।

कुनैपनि पार्टीले राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत कटाउनुपर्छ । यो हिसाबमा अहिलेसम्म ३ प्रतिशत मत ल्याएर थ्रेसहोल्ड कटाउने र राष्ट्रिय पार्टी बन्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत गरी सात पार्टी रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट