भरतपुर, १६ मंसिर ।
समूह चरणकाे अन्तिम खेलमा पूर्व विश्व विजेता स्पेनलाई स्तब्ध पार्दै एसियाली पावरहाउस जापान विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेश गरेकाे छ ।
समूह ‘ई’ मा रहेकाे जापानले अन्तिम खेलमा स्पेनलाई २-१ ले पराजित गर्यो । अर्काे खेलमा काेस्टारिकालाई ४-२ गाेलले हराए पनि जर्मनी नकआउट चरणमा प्रवेश गर्न सकेन ।
हारेर पनि स्पेन दाेस्राे चरण प्रवेश गरेकाे छ । स्पेनसँग समान ४ अंक भए पनि जर्मनी गाेलअन्तरमा पछि पर्यो ।







