नेदरल्यान्डस् र सेनेगल विश्वकपकाे नकआउट चरणमा

भरतपुर, १२ मंसिर
नेदरल्यान्डस् र सेनेगल कतारमा जारी फिफा विश्वकप फुटबलकाे राउन्ड अफ सिक्स्टिनमा प्रवेश गरेका छन् ।

समूह ‘ए’ का भरखरै सम्पन्न खेल जित्दै नेदरल्यान्डस् ७ अंकसहित समूह विजेता र सेनेगल ६ अंकसहित उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेका हुन् ।

नेदरल्यान्डले आयाेजक कतारलाई २-० ले हराउँदा सेनेगलले इक्वेडरलाई २-१ ले स्तब्ध बनायाे । ४ अंक भएकाे इक्वेडर र शून्य अंकसहित कतार पहिलाे चरणबाटै बाहिरिएका छन् ।

समूह ‘बी’ बाट पनि अन्तिम १६ मा पुग्ने टिमकाे टुंगाे १२:४५ मा हुने दुई खेलबाट आजै लाग्नेछ । त्यसमा इङल्याण्ड र वेल्स तथा अमेरिका र इरान भिड्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट