नेदरल्यान्डस् र सेनेगल विश्वकपकाे नकआउट चरणमा

भरतपुर, १२ मंसिर नेदरल्यान्डस् र सेनेगल कतारमा जारी फिफा विश्वकप फुटबलकाे राउन्ड अफ सिक्स्टिनमा प्रवेश गरेका छन् । समूह ‘ए’ का भरखरै सम्पन्न खेल जित्दै नेदरल्यान्डस् ७ अंकसहित समूह विजेता र सेनेगल ६ अंकसहित उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेका हुन् । नेदरल्यान्डले आयाेजक कतारलाई २-० ले हराउँदा सेनेगलले इक्वेडरलाई २-१ ले स्तब्ध बनायाे । […]

ओलीलाई बालेनको चेतावनी- कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला

काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासी प्रकरणमा कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । बालेनले सुकुम्बासी प्रकरणमा ओलीको धारणा थाहा पाएको भन्दै यस्तो धारणा आउनु सामान्य विषय भएको टिप्पणी गरेका छन् । ‘अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा […]

क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि

ओटावा, १३ मङ्सिर । क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ। मङ्गलबार सार्वजनिक तथ्याङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ । यसका पछाडि उच्च निर्यात र गैर–आवासीय संरचनाहरूमा जुलाईदेखि सेप्टेम्बर अवधिमा लगानी, व्यापार सूचीमा बढोत्तरी, आवास र घरेलु खर्चमा गिरावटलगायतका कारणहरू प्रमुख रहेका छन् । […]

स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको हो । भेटपछि […]

एकीकृत समाजवादीद्वारा प्रदेश र जिल्लालाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन

काठमाडौँ, १३ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले समसामयिक विषयमा छलफलका साथै समाजवादलाई अवको राजनीतिक कार्यदिशा बनाउने तथा पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेकोबारेमा जानकारी […]

नियमित सेवामा फर्किए डा.अधिकारी

चितवन, १३ मङ्सिर । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उहाँ निर्वाचनमा होमिनुभएको थियो । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उहाँ उम्मेदवार बन्नुभएको थियो […]

एकै घरका दुई दाजुभाई प्रदेशसभा सदस्यमा निर्वाचित

रामपुर (पाल्पा), १३ मङ्सिर । एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएको हो । पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभा सदस्यमा राजुप्रसाद श्रेष्ठ (भाइ) र रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) बाट […]

बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्न: अध्यक्ष ओली

काठमाडौँ, १३ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गरेका […]

मापदण्ड विपरितका संरचना हटाउन भरतपुर महानगरले निकाल्यो ३५ दिने सूचना

चितवन, १३ मंसिर । भरतपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन समय दिइएको छ । सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउण्डवाल,स्वीकृति नलिई भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थाई […]

रत्नप्रिय कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु

रत्ननगर, १३ मंसिर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा रत्नप्रिय कप खुला नकआउट फुटबल प्रतियोगिता–२०७९ सुरु भएको छ । `स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद´ भन्ने मुल नाराका साथ रत्ननगर-९ मा रहेको रत्नप्रिय क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक समारोहकाबीच रत्ननगर नगरपालिकाका उपप्रमुख यावद पाठकले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले […]

विश्वकप फुटबलमा पोर्चुगलको उत्कृष्ट प्रदर्शन, उरुग्वेलाई २ गोलले हराएर पुग्यो अन्तिम १६ मा

भरतपुर, १३ मंसिर । पोर्चुगल विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । कतारमा मंगलबार बिहान सकिएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेको हो । पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि […]

स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

भरतपुर, १३ मंसिर । विश्वकप फुटबलमा ब्राजिलले स्विट्जरल्याण्डलाई पराजित गरेको छ । लगातार दोस्रो खेल जित्दै ब्राजिल समूह जी बाट नकआउट चरणमा समेत पुगेको छ । सोमबारको तेस्रो खेलमा ब्राजिलले स्विट्जरल्याण्डलाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै ३ अङ्क जोडेको ब्राजिल ६ अङ्कसहित शीर्ष स्थानमा छ । ३ अङ्क भएको स्विट्ज्ल्याण्ड दोस्रो स्थानमा छ […]

समानुपातिक मतगणना : कुन दलले कति पाए मत ?

काठमाडौँ, १३ मंसिर । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार […]

मुस्ताङबाट ५० करोडको स्याउ निकासी

म्याग्दी, १३ मङ्सिर । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको […]