विश्वकप फुटबलमा पोर्चुगलको उत्कृष्ट प्रदर्शन, उरुग्वेलाई २ गोलले हराएर पुग्यो अन्तिम १६ मा

भरतपुर, १३ मंसिर ।
पोर्चुगल विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । कतारमा मंगलबार बिहान सकिएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेको हो ।

पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।

समूह एचमा ४ अंक भएको घाना दोस्रो, २ अंक भएको दक्षिण कोरिया तेस्रो र एक अंक भएको उरुग्वे पुछारमा छन् । हारसँगै उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा पोर्चुगलले घानालाई ३-२ गोलले हराएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट