स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

भरतपुर, १३ मंसिर ।
विश्वकप फुटबलमा ब्राजिलले स्विट्जरल्याण्डलाई पराजित गरेको छ । लगातार दोस्रो खेल जित्दै ब्राजिल समूह जी बाट नकआउट चरणमा समेत पुगेको छ ।

सोमबारको तेस्रो खेलमा ब्राजिलले स्विट्जरल्याण्डलाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै ३ अङ्क जोडेको ब्राजिल ६ अङ्कसहित शीर्ष स्थानमा छ । ३ अङ्क भएको स्विट्ज्ल्याण्ड दोस्रो स्थानमा छ ।

ब्राजिलका लागि केसमिरोकोे गोल नै निर्णायक बन्यो । खेलको ८३ औँ मिनेटमा रोड्रिगोको पासमा केसमिरोले गोल गरे ।

खेलको ६४ औँ मिनेटमा ब्राजिलले गोलको राम्रो अवसर गुमायो। भिनिसियले गरेको प्रहारलाई अफसाइडका कारण गोलको मान्यता दिइएन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट