सुकुम्बासी बस्तीमा झडप हुँदा १८ जना नगर प्रहरी घाइते, तीन जना गम्भीर

काठमाडौं,१२ मंसिर ।

सुकुम्बासी बस्ती हटाउन खोज्ने क्रममा भएको झडपमा काठमाडौं महानगरपालिकाका १८ नगर प्रहरी घाइते भएका छन् भने तीन जना गम्भीर रहेका छन्।

काठमाडौं महानगरको टोली सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती टहाउन गएको थियो। त्यस क्रममा सुकुम्बासीले प्रतिकार गरेका थिए। उनीहरूको आक्रमणबाट महानगर प्रहरी प्रमुखसहित १८ जना घाइते भएको प्रवक्ता नवीन मानन्धरले जनाएका छन्।

उनले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरी घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको आईसीयूमा राखेर उपचार भइरहेको जनाएका छन्।

आक्रमण गर्नेहरूलाई कारबाही गर्नका लागि नेपाल प्रहरीलाई पत्राचार गरिएको छ। उनीहरूको नाम खुलाएर महानगरीय प्रहरी परिसर, टेकूलाई पत्राचार गरिएको प्रवक्ता मानन्धरले जनाएका छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट