सुकुम्बासी बस्तीमा झडप हुँदा १८ जना नगर प्रहरी घाइते, तीन जना गम्भीर

काठमाडौं,१२ मंसिर । सुकुम्बासी बस्ती हटाउन खोज्ने क्रममा भएको झडपमा काठमाडौं महानगरपालिकाका १८ नगर प्रहरी घाइते भएका छन् भने तीन जना गम्भीर रहेका छन्। काठमाडौं महानगरको टोली सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती टहाउन गएको थियो। त्यस क्रममा सुकुम्बासीले प्रतिकार गरेका थिए। उनीहरूको आक्रमणबाट महानगर प्रहरी प्रमुखसहित १८ जना घाइते भएको प्रवक्ता नवीन मानन्धरले जनाएका छन्। उनले […]
प्रवेश परीक्षा रोक्न माग गर्दै कृषि विश्वविद्यालयमा ताला

भरतपुर, १२ मंसिर । बेथितिपूर्ण प्रवेश परीक्षा सञ्चालन गर्न लागेको भन्दै कृषि तथा वन विश्वविद्यालयको मुख्यालय रामपुरमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् । गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक र त्रुटिपूर्ण रहेको भन्दै चार विद्यार्थी संगठनले आन्दोलन गरिरहेका छन् । अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु (छैँटौँ) […]
कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

सुर्खेत/भेरीगङ्गा, १२ मङ्सिर । शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि यहाँका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् । कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको […]
‘महापुरूष’ले गर्यो १० करोडको व्यापार

काठमाडौँ, १२ मङ्सिर । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको […]
किसानको शान एकीकृत सहकारी सेवाको अभियान

गैंडाकोट, १२ मंसिर । ‘किसानको शान एकीकृत सहकारी सेवाको अभियान’ भन्ने अभिप्रायका साथ स्थानीय स्तरमा रहेका २४ वटा सहकारीलाई एकीकरण गरी सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन सफल किसान बचत तथा ऋण सहकारी संस्था एकाई १ को २७ औं साधारणसभा सम्पन्न भएको छ । किसान साकोसको विजयनगर, हिमचुली, समृद्धि भरतपुर, सप्तरंगी, सौहाद्र्र, सहज, सप्तगण्डकी र […]
टुकीमै पढ्छन् चेपाङ बालबालिका

चितवन, १२ मङ्सिर । ईच्छाकामना गाउँपालिका-१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ । ईच्छाकामना गाउँपालिका(१ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको […]
पुल्चोक साकोसमा मेनकाको नेतृत्व

भरतपुर, १२ मंसिर । पुल्चोक बचत तथा ॠण सहकारी संस्था लिमिटेडको अध्यक्षमा मेनका चापागाईं काप्री चयन भएकी छन् ।संस्थाको १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले चापागाईंलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । संस्थाकी अध्यक्ष आरती पन्तको अध्यक्षता र भरतपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । निर्वाचन […]
३५ दिनभित्र खर्च विवरण पेस गर्न आयोगको निर्देशन

काठमाडौँ, १२ मङ्सिर । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य […]
फोहोर विस्थापन गर्न शिवलिङ्ग स्थापना

भरतपुर, १२ मंसिर । नारायणी नदी किनारमा फोहोर पुरिरहेको फोटो भाइरल भइरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर ४ को लंकु भगवती टोल विकास संस्थाले भने फोहोर विस्थापन गर्न शिवलिङ्ग स्थापना गरेको छ । भरतपुर ब्यारेक पछाडि बसोबास गर्ने टोलवासीहरुले सोमबार बिहान पण्डित बोलाएर विधिपूर्वक पूजाआजा गरी नहर छेउमा शिवलिङ्ग स्थापना गरेका हुन् । भरतपुर ४, […]
सुनसरी -१ मा रास्वपाकी गोमालाई हराउँदै जसपाका अशोक राई विजयी

विराटनगर, १२ मंसिर । सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी १७ हजार ५९ मत ल्याएर निर्वाचित भएका हुन्। मत गणनामा सुरुदेखि नै पछि परेका राईले आइतबारदेखि भने अग्रता लिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राईले प्रतिनिधिसभा सदस्यमा सफलता पाएका […]
आज विवाह पञ्चमी पर्व मनाइँदै

काठमाडौँ, १२ मङ्सिर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन […]
विश्वकपबाट क्यानडा बाहिरियो, जर्मनी र स्पेनले खेले बराबरी

भरतपुर, १२ मंसिर । फिफा विश्वकप २०२२ बाट क्यानडा बाहिरिएको छ । समूह ‘एफ’ मा लगातार दोस्रो खेलमा पराजित भएपछि क्यानडा आफ्नो अन्तिम खेलअघि नै बाहिरिएको हो । क्यानडालाई आइतबार राति भएको खेलमा क्रोएसियाले ४-१ गोलले हरायो । क्रोएसियाका लागि क्रामारिकाले ३६ र ७० मिनेटमा गरी दुई गोल गरे । लिभाजाले ४४ मिनेट र मजेरले […]
२०७९ मंसिर १२ मंसिर गते सोमबारको कायाकैरन दैनिक (E-paper)