पुल्चोक साकोसमा मेनकाको नेतृत्व

भरतपुर, १२ मंसिर ।
पुल्चोक बचत तथा ॠण सहकारी संस्था लिमिटेडको अध्यक्षमा मेनका चापागाईं काप्री चयन भएकी छन् ।संस्थाको १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले चापागाईंलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

Exif_JPEG_420

संस्थाकी अध्यक्ष आरती पन्तको अध्यक्षता र भरतपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । निर्वाचन समिति संयोजक मिना खरेलको सयोजनमा संचालक समिति र लेखा समितिलाई पनि निर्विरोध चयन गरिएको छ ।
संचालक समितिको उपाध्यक्षमा मीना श्रेष्ठ, सचिव सुनिता धिताल र कोषाध्यक्ष रुमि श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरूमा रेनु श्रेष्ठ, कल्पना पान्डे, सविना भट्टराई, सरस्वती कँडेल, अमृता बानिया, सहनशीला पिया र सुमित्रा बराल लोहनी रहेका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा गीता सापकोटासहित सदस्यमा गीतादेवी पौडेल र सुधा रायमाझी रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट