विश्वकपबाट क्यानडा बाहिरियो, जर्मनी र स्पेनले खेले बराबरी

भरतपुर, १२ मंसिर ।
फिफा विश्वकप २०२२ बाट क्यानडा बाहिरिएको छ । समूह ‘एफ’ मा लगातार दोस्रो खेलमा पराजित भएपछि क्यानडा आफ्नो अन्तिम खेलअघि नै बाहिरिएको हो ।

क्यानडालाई आइतबार राति भएको खेलमा क्रोएसियाले ४-१ गोलले हरायो ।

क्रोएसियाका लागि क्रामारिकाले ३६ र ७० मिनेटमा गरी दुई गोल गरे । लिभाजाले ४४ मिनेट र मजेरले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेपछि क्यानडा फराकिलो अन्तरले हार्‍यो ।

विश्वकप फुटबल अन्तर्गत समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा जर्मनी लगातार दोस्रो खेलमा जितविहिन बनेको छ । पहिलो खेलमा जापानसँग पराजित भएको जर्मनी दोस्रो खेलमा स्पेनसँग बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा स्पेन र जर्मनीले समान १-१ ‍गोल गरेका थिए । जर्मनीका लागि अल्भारो मोराटाले खेलको ६२ औँ मिनेटमा टिमका लागि पहिलो गोल गरेका थिए ।

समूह इ मा बराबरीसँगै जर्मनीको दोस्रो चरणको सम्भावना अन्तिम खेलको प्रदर्शनमा निर्भर हुने तय भएको छ । अन्तिम खेलमा जर्मनीले आफ्नो खेलसँगै स्पेन र जापानबीचको खेलको समेत प्रतिक्षा गर्नु पर्ने छ । जहाँ स्पेनले जापानलाई हराउनु पर्ने छ भने जर्मनीले कोस्टारिकालाई पराजित गर्नु पर्ने छ ।

समूह ई मा स्पेन ४ अंकका साथ शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिकाको समान ३-३ अंक छ । जर्मनीको भने १ अंक भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट