मोरक्कोसँग बेल्जियम पराजित

दोहा, ११ मंसिर ।

कतारमा जारी फिफा विश्वकपमा मोरक्कोले बेल्जियममाथि सनसनीपूर्ण जीत हासिल गरेको छ । मोरोक्कोले खेलमा २–० गोलको नतिजामा बनाउँदै आफूभन्दा २० वरीयता माथिको बेल्जियमलाई हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार टार्न सकेन । बेल्जियमले गरेका १० प्रहार मोरक्कोले विफल बनाएको थियो ।

इन्जुरी समयमा अगाडि बढेर आक्रामक बनेको बेल्जियमको रक्षापंक्ति खुकुलो भएको थियो । बेल्जियमको सोही कमजोरीको फाइदा उठाउँदै मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल गर्यो।

हाकिम जिचचले दायाँतर्फबाट दिएको क्रसमा शकारिया अब्दुखलाले सुन्दर गोल गर्दै मोरक्कोको जीत सुनिश्चत गरे । पहिलो हाफको इन्जुरी समयमा जिएचले फ्रि–किकमार्फत गरेको गोल अफसाइडका कारण रेफ्रीले रद्द गरिदिएका थिए ।

पहिलो खेलमा क्यानडालाई १–० ले पराजित गरेको बेल्जियले समूह चरणको अन्तिम खेलमा साविक उपविजेता क्रोएसियाको सामना गर्नेछ । पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको मोरक्कोले समूहको अन्तिम खेलमा क्यानडाको सामना गर्नेछ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट