बालेनसँग भेटेर छम्छमी नाच्नुपर्ला : हर्क साम्पाङ

काठमाडौँ, ११ मंसिर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरका मेयर बालेन साहसँग आफ्नो कुनै विवाद नभएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत मेयर साम्पाङले आफूहरु कहिल्यै नबाझेको बताएका हुन् । साथै उनले बालेनसँग भेट हुँदा छम्छमी नाचेर देखाउने बताएका छन् । ‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी […]

मोरक्कोसँग बेल्जियम पराजित

दोहा, ११ मंसिर । कतारमा जारी फिफा विश्वकपमा मोरक्कोले बेल्जियममाथि सनसनीपूर्ण जीत हासिल गरेको छ । मोरोक्कोले खेलमा २–० गोलको नतिजामा बनाउँदै आफूभन्दा २० वरीयता माथिको बेल्जियमलाई हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार टार्न […]

घुमाउरीमा वनभोज रौनक

देवचुली, ११ मंसिर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-९ मा रहेको घुमाउरी सामुदायिक वन क्षेत्र वनभोजका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । शुक्रबार र शनिबार दैनिक ४० भन्दा बढि समूह यहाँ वनभोजका लागि आएको वन समितिले बताएको छ । घुमाउरीमा अन्य दिनमा पनि १५ भन्दा बढी समूह वनभोजका लागि आउने गरेको वन समितिले जनाएको छ […]

प्लाष्टिकजन्य फोहोर पुरेर महोत्सवस्थल सम्याइएको भन्दै युवाहरूले गरे विरोध प्रदर्शन

भरतपुर, ११ मंसिर । चितवन महोत्सवका तयारी भइरहँदा महोत्सव स्थल नारायणी नदी किनारका खाल्टा भने वातावरणलाई असर पुग्ने गर प्लाष्टिकजन्य फोहरहरू पुरेर सम्याइएको भन्दै युवाहरूले विरोध जनाएका छन् । नारायणी नदीले बर्खामा भत्काएको र खाल्डो बनाएको ठाँउलाई चितवन महोत्सव सञ्चालनार्थ चितवन महोत्सव अयोजकले प्लाष्टिजन्य फोहर पुरेर सम्याइरहेको तस्बीर बाहिरिएपछि युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । […]

जापानमाथि कोस्टारिकाको जीत

भरतपुर, ११ मंसिर । फिफा विश्वकप फुटबलमा कोस्टारिकाले पहिलो जीत निकालेको छ । कोस्टारिकाले नकआउट चरणको सम्भावना जिवित राखेको छ । आजको पहिलो खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा केशेर फुलरले गोल गर्दै कोस्टारिकालाई जित दिलाए । कोस्टारिका दुई खेलबाट ३ अंक जोड्दै […]

आइएसएमटी कलेजको दिक्षान्त समारोह

काठमाडौँ, ११ मंसिर । सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधिमैत्री आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रोफेसर जोन मुरे र अभिभावकहरुको उपस्थितिमा दिक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा बिबिए, बिएचएम र बीएस्सी आइटी उत्तीर्ण ३०८ जना विद्यार्थी दीक्षित भएको कलेजले जानकारी दिएको छ । आइएसएमटी कलेज नेपालको […]

तीन जिल्लाबाहेकको मत परिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

pratinidhi sabha pradesh sabha nirbachan 2079

काठमाडौँ, ११ मङ्सिर । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम […]

समानुपातिकतर्फ ८४ लाख मत गनियो

काठमाडौँ, ११ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा९एमाले०ले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ […]

मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकपको आशा जीवितै

दोहा, ११ मङ्सिर । शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ । कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल पनि हारेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुनसक्ने थियो । खेलको ६४ औं मिनेटमा २० मिटर टाढाबाट गोल गर्दै […]

विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी

सियोल, ११ मङ्सिर । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताउनुभएको छ । प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् । नेता किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा […]

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी

pratinidhi sabha pradesh sabha nirbachan 2079

काठमाडौँ, ११ मङ्सिर । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने […]

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौँ, ११ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हँुदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको […]

‘बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’

भरतपुर, ११ मङ्सिर । भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन् । तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए । आफूलाई विश्वास गरेर भारी […]

बाजुरामा मतगणना अनिश्चित

बाजुरा, ११ मङ्सिर । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो । निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै […]

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

चितवन, ११ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ । कार्यालयको […]

मेक्सिकोविरुद्ध अर्जेन्टिनाको जित

भरतपुर, ११ मंसिर । अर्जेन्टिनाले विश्वकप फुटबलको समूह ‘सी’ को खेलमा मेक्सिकोलाई पराजित गरेको छ । कतारको लुजेल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोविरुद्ध २–० गोलको जित निकालेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गरे । अर्जेन्टिनाले पहिलो हाफसम्म मेक्सिकोसँग बराबरी खेलेको थियो । गोल गर्ने केही मौका दुवै टिमले गुमाउँदा […]