काठमाडौँ, ११ मंसिर ।
सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधिमैत्री आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रोफेसर जोन मुरे र अभिभावकहरुको उपस्थितिमा दिक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा बिबिए, बिएचएम र बीएस्सी आइटी उत्तीर्ण ३०८ जना विद्यार्थी दीक्षित भएको कलेजले जानकारी दिएको छ ।
आइएसएमटी कलेज नेपालको शिक्षा क्षेत्रमा राम्रो शिक्षा प्रदान गर्ने संस्थाको रूपमा परिचित रहेको कलेजले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धन कलेज संचालन गरिरहेको छ ।





