गैंडाकोटमा बेलबिबाह सुरू

गैंडाकोट, १० मंसिर ।
नेवार समुदायको परम्परागत संस्कृतिमा आधारित बालिकाहरुको सामुहिक ईहि (बेल बिबाह) कार्यक्रम शनिबारदेखि गैंडाकोटमा शुरु भएको छ ।

नेवा: मिसा दबु गैंडाकोट नगर समितिले आयोजना गरेको सामुहिक ईहि (बेल बिवाह) कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले मुलुकका विभिन्न ठाउँमा छरिएर रहेका नेवार समुदायले संस्कृति, सम्पदा र संस्कार जोगाउने अभियानलाई निरन्तरता दिएकोमा खुसी लागेको बताइन् ।

गैंडाकोट नगरपालिकाकी पूर्वउपमेयर बिष्णुकुमारी सापकोटा कंडेलले ७ सय वर्षदेखि चल्दै आएको मौलिक संस्कृति र नेवार समुदायको परम्परालाई जीवन्त राख्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिएकी थिइन् ।

सामूहिक बेल बिबाह ईहि कार्यक्रममा २५ जना बालिकाहरू सहभागी थिए । नारायणी नवदुर्गा मन्दिरका अध्यक्ष अमृत श्रेष्ठले बेल बिबाह भनेको उमेर परिवर्तन भएको जनाउँदै जोर उमेरमा बेलसँग बिबाह गरिने परम्परा भएको बताए । नेवार समुदायका कन्याहरु कहिले विधुवा नहुने, बेल बिबाह गरिसकेपछि जुठो बाँड्नुपर्ने र कन्या केटी अब ठूलो भयो भन्ने जनाउनका लागि पनि यो परम्परा रहिआएको श्रेष्ठले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रशान्त श्रेष्ठ, योगेन्द्रनारायण श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, शिवजङ्ग श्रेष्ठ, ललितकुमार श्रेष्ठ, नवराज कंडेल, ध्रुवराम पौडेललगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागीलाई श्रीमाया श्रेष्ठले स्वागत गरेकी थिइन् । नेवा: मिसा दबु गैंडाकोट नगरसमितिकि अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण नगरसमिति सचिव शर्मिला श्रेष्ठले गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट