डेनमार्कलाई हराउँदै साविक विजेता फ्रान्स विश्वकपकाे अन्तिम १६ मा

भरतपुर, १० मंसिर स्टार फरवार्ड किलीयन एमबाप्पेले दुई गोल गर्दा फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डी को खेलमा फ्रान्सले डेनमार्कलाई २-१ ले पराजित गरेको छ ।यससँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । खेल अवधिभर निकै आक्रामक रुपमा प्रस्तुत भएको साविक विजेता फ्रान्सले पहिलो हाफमा भने गोल गर्न सकेको थिएन । […]
दर्शकको माया बटुल्दै `मिलन´

भरतपुर, १० मंसिर । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मिलन’ले दर्शकको माया बटुल्ने क्रम जारी छ । चलचित्र अवलोकनका लागि शनिबार नारायणगढको क्यूएफएक्स जलमा पुगेका दर्शकहरुले चलचित्र उत्कृष्ट बनेको बताए । ‘चलचित्र उत्कृट बनेको छ डेब्यू कलाकारको अभिनयले मन छोयो’ भरतपुरकी रवीना श्रेष्ठले भनिन्, ‘निर्वाचनको ह्याङ सकिएको अवस्थामा नेपाली रंगमञ्चले राम्रो चलचित्र पाएको छ ।’ […]
गैंडाकोटमा बेलबिबाह सुरू

गैंडाकोट, १० मंसिर । नेवार समुदायको परम्परागत संस्कृतिमा आधारित बालिकाहरुको सामुहिक ईहि (बेल बिबाह) कार्यक्रम शनिबारदेखि गैंडाकोटमा शुरु भएको छ । नेवा: मिसा दबु गैंडाकोट नगर समितिले आयोजना गरेको सामुहिक ईहि (बेल बिवाह) कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले मुलुकका विभिन्न ठाउँमा छरिएर रहेका नेवार समुदायले संस्कृति, सम्पदा र संस्कार जोगाउने […]
त्रिमूर्तिमा प्राणप्रतिष्ठा गर्दै उर्गेनलिङ छ्योइखाङ बौद्ध गोन्पो

कालिका, १० मंसिर । कालिका नगरपालिका- १ मा रहेको उर्गेनलिङ छ्योइखाङ बौद्ध गोन्पो (गुम्बा)ले तीन वटा बुद्धको मूर्ति (त्रिरत्न)लाई प्राणप्रतिष्ठा गर्न शनिबारदेखि तीन दिने महाप्रज्ञापारमिता (बुम पाठ) सुरू गरेको छ । २०७० सालमा स्थापना भएको गुम्बामा त्रिरत्न स्थापना गरेपछि त्यसलाई प्राणप्रतिष्ठा गर्न १८ जना धर्मगुरूबाट बुम पाठ सुरू गरिएको गुम्बाका प्रमुख लामा लामाडावाङ ल्हालुङ पाल्दोरले […]
मेक्सिकोलाई जित्नैपर्ने दबाबमा अर्जेन्टिना

भरतपुर, १० मंसिर । विश्वकप फुटबल अन्तर्गत आज शनिबार ४ खेल हुँदैछन् । यी मध्ये चर्चामा रहेको खेल अर्जेन्टिना र मेक्सिकोबीचको हो । अर्जेन्टिनाले विश्वकप फुटबलको समूह ‘सी’ को खेलमा मेक्सिकोसँग खेल्दैछ । पहिलो खेलमा नै अप्रत्यासित हार ब्यहोरेको अर्जेन्टिनाको लागि मेक्सिकोविरुद्धको खेल जित्नै पर्ने दबाबमा छ । अर्जेन्टिना र मेक्सिकोबीचको खेल कतारको लुजेल रंगशालामा […]
रवि लामिछानेको चुनावी खर्च करिब १२ लाख

भरतपुर, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित लामिछानले शनिबार बिहान फेसबुक पेजमार्फत् चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका हुन् । लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान तथा पुरस्कार नलिने उद्घोष पनि गरेका छन् […]
विश्वकप फुटबल : शनिबार चार खेल हुँदै

भरतपुर, १० मंसिर । विश्वकप फुटबलमा आज शनिबार ४ खेल हुँदैछन् । कतारमा जारी विश्व कपमा समूह सी र डी का खेलहरू हुँदैछन् । समूह सी मा पोल्यान्ड र साउदी अरेबिया नेपाली समय अनुसार पौने ७ बजे आमने सामने हुनेछन् । पोल्यान्ड र साउदी अरेबिया एजुकेसन रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । पोल्यान्ड पहिलो र साउदी दोस्रो […]
विश्वकप फुटबल : अमेरिका र इङ्ल्याण्डले अंक बाँडे

भरतपुर, १० मंसिर । विश्वकप फुटबलमा अमेरिका र इङ्ल्याण्डले अंक बाँडेका छन् । अल बेत रंगशालामा शनिबार भएको अमेरिका र इङ्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन् । अमेरिका र इङ्ल्याण्डले धेरै प्रयास गरे पनि गोल हुन सकेन । खेलमा इङ्ल्याण्ड अमेरिकामाथि हाबी भएपनि अमेरिकाले जवाफी हमला […]
समानुपातिकमा एमालेले कटायो १७ लाख मत, स्वतन्त्रलाई पछ्याउँदै माओवादी

भरतपुर, १० मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख ३९ हजार १४५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ७८ हजार १६ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको […]