भरतपुर, १० मंसिर ।
विश्वकप फुटबलमा आज शनिबार ४ खेल हुँदैछन् । कतारमा जारी विश्व कपमा समूह सी र डी का खेलहरू हुँदैछन् ।
समूह सी मा पोल्यान्ड र साउदी अरेबिया नेपाली समय अनुसार पौने ७ बजे आमने सामने हुनेछन् । पोल्यान्ड र साउदी अरेबिया एजुकेसन रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । पोल्यान्ड पहिलो र साउदी दोस्रो जितको खोजीमा छ ।
अर्को खेलमा अर्जेन्टिना र मेक्सिको राति पौने १ बजे भिडने छन् । लुसेल रंगशालामा हुने खेलमा अर्जेन्टिना र मेक्सिको पहिलो जितको खोजीमा छन् ।
समूह डी मा ट्युनिसिया र अष्ट्रेलियाबीच पौने ४ बजे प्रतिस्पर्धा हुँदैछ । अल जनाब रंगशालामा हुने खेलमा ट्युनिसिया र अष्ट्रेलिया पहिलो जितको खोजीमा छन् ।
अर्को खेलमा डेन्मार्क र फ्रान्स पौने १० बजे भिड्दै छन् । डेन्मार्क पहिलो र फ्रान्स दोस्रो जितको खोजीमा छ ।





