भरतपुर, १० मंसिर ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख ३९ हजार १४५ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ७८ हजार १६ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ६० हजार १८३ मत प्राप्त गरेको छ ।
चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म सात लाख ३९ हजार ५०२ मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ८९ हजार २६० मत प्राप्त गरेको छ ।
यस्तै जनता समाजवादी पार्टीले दुई लाख सात हजार ८९२ मत प्राप्त गरेको छ । सातौं स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले एक लाख ५३ हजार ५०२ मत प्राप्त गरेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले एक लाख ३७ हजार ५६७ र जनमत पार्टीले एक लाख ३६ हजार ५६ मत प्राप्त गरेको छ । अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।





