विश्वकप फुटबल : अमेरिका र इङ्ल्याण्डले अंक बाँडे

भरतपुर, १० मंसिर ।
विश्वकप फुटबलमा अमेरिका र इङ्ल्याण्डले अंक बाँडेका छन् । अल बेत रंगशालामा शनिबार भएको अमेरिका र इङ्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन् ।

अमेरिका र इङ्ल्याण्डले धेरै प्रयास गरे पनि गोल हुन सकेन । खेलमा इङ्ल्याण्ड अमेरिकामाथि हाबी भएपनि अमेरिकाले जवाफी हमला जारी राखेको थियो ।

अमेरिकाको प्रयास लाई गोल रक्षक र डीफेन्डरले निरन्तर रोक्न सफल भए । खेलको २६ औँ मिनेटमा वेस्टनले गोल गर्ने राम्रो अवसर गुमाए । उनको प्रहार पोस्ट भन्दा वाइड गयो ।

३३ औँ मिनेटमा अमेरिकाले गोल गर्ने राम्रो अवसर गुमायो । क्रीस्चियन पुलिसिकले प्रहार गरेको बल क्रोस्बारमा लगेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट