विश्वकप फुटबलको उद्घाटन खेलमा इक्वेडर विजयी

भरतपुर, ५ मंसिर ।
विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ ।

कतारमा भव्य उद्घाटनसँगै अल बायत स्टेडियममा कतार र इक्वेडरले शनिबार राति उद्घाटन खेल खेलेका हुन् । इक्वेडर २-० गोल अन्तरले विजयी भएको हो ।

इक्वेडरका कप्तान एनर भ्यालेन्सियाले पहिलो हाफमा गरेका दुई गोल नै यो खेलका लागि निर्णाय बने ।

इक्वेडरका भ्यालेन्सियाले पहिलो गोल खेलको १६ औं मिनेटमा पेनाल्टी सुटआउटमा गरेका थिए ।
उनले दोस्रो गोल खेलको ३१ औं मिनेटमा गरे ।

अहिलेसम्म विश्वकपको पहिलो खेलमा पहिलो गोल पेनाल्टीबाट भएको यो पहिलो पटक हो ।

त्यस्तै, विश्वकप फुटबलमा इक्वेडरका लागि अन्तिम पाँच गोल भ्यालेन्सियाले नै गरेका छन् । यसअघि पोर्चुगलका युसेयिबो, इटालीका पाओलो रोस्सी, रुसका ओलेग सालेन्कोले आआफ्नो देशका लागि विश्वकपमा लगातार ६ गोल गरेर रेकर्ड बनाएका छन् । अब भ्यालेन्सियाले अर्को खेलमा इक्वेडरको पहिलो गोल गरेमा उनी यही रेकर्डको समान हुनेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट