पश्चिम चितवनमा जनसमर्थन बटुल्दै डा.भाेजराज

भरतपुर, १४ कात्तिक ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका उम्मेदवार डा. भाेजराज अधिकारीले जनसमर्थन बटुल्न घरदैलोमा जुटेका छन् । हिजो मेघाैली, चनाैली क्षेत्र भुगाेल केन्द्रित जनसंवादमा पुगेका उनले सोमबार शुक्रनगर, शारदानगर र विजयनगरका जनतासँग भेटघाट गरेका छन् । साथै वडा स्तरिय गठबन्धनको संयुुक्त प्रचारप्रसार कार्यालय उद्घाटनमा समेत उनीसँगै प्रदेशका प्रत्यक्ष समानुपातिक उम्मेदवारहरू सहभागी छन् । एक वडा एक विशेष कार्यक्रमसहित डा. भाेजराज स्थानीयसँगै छलफल पनि गर्ने गरेका छन् ।

आफ्नाे क्षमता र दक्षताकाे स्वास्थ्य सेवालाई उनलेे उच्च प्राथमिकतामा राखेका छन् । जनताको घरआँगनमा अस्पताल कार्यक्रमसँगै माेवाईल हेल्थ क्लिनिक, विशिष्टिकृत अस्पताल स्थापना, शिक्षक अस्पताल निर्माणका लागि विशेष पहल गर्ने उनको स्वास्थ्य सम्बन्धि प्रतिबद्धता छ । साथै भूगाेल विशेष (हव) कार्यक्रमका रूपमा अगाडि बढाउने उनलेे बताए ।

जनतासँगकाे भेटघाटमा आफूसँग विचार र यहाँको याेजना बाहेक केही नरहेको डा. भाेजराज अधिकारीले बताउने गरेका छन् । `न मसँग पैसा छ, न आश्वासनका ठूला पाेका, न धेरै ठूलो सपना छ´, उनलेे भने- `म यहाँको समस्या नीतिगत रूपमै हल गर्न सकिने याेजनासहित आएकाे छु ।´ त्यसकारण आफूलाई यहाँका जनताले निर्वाचित गराउने उनको विश्वास छ ।

सँगै गठबन्धन अन्तर्गत चितवन ३ (१) का उम्मेदवार डा. सूर्यकान्त घिमिरे र (२) प्रदेशसभाका उम्मेदवार ठाकुरप्रसाद ढकालकाे भने कृषि, पर्यटन र विकास याेजना प्राथमिकतामा छ । डा. घिमिरे कृषिका विज्ञ र ढकाल परिपक्व राजनीतिज्ञका रूपमा परिचित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट