जनताको विश्वासलाई विकासमा परिणत गर्नेछु : उत्तम जोशी

भरतपुर, १३ कात्तिक ।
सत्ता गठवन्धनबाट चितवन क्षेत्र नम्बर २(१)को प्रदेश सभा सदस्य उत्तम जोशीले जनताको विश्वास टुट्न नदिने बताएका छन् ।

निर्वाचन क्षेत्र अन्तर्गत आइतबार जिल्लाका विभिन्न स्थानमा भएका कार्यक्रममा बोल्दै उनले पार्टी र जनताले गरेको विश्वासलाई विकासमा परिणत गर्ने बताएका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १० मा सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जनताको साथमा गरेको बाचा पूरा गरेर छाड्ने बताए । उनले भने – `जनतालाई भ्रममा राख्ने मेरो बानी छैन । हुन्छ भने हुन्छ हुन्न भने हुन्न ।´
आफूसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार भन्दा आफू युवा पुस्तामा भिजेको उनको भनाई थियो । कसले के गर्‍यो भनेर हेर्ने समय आएको पनि उनले बताए ।

यस क्षेत्रका जनता नै आफ्नो अभिभावक रहेको बताउँदै उनले एक अर्काका बारेमा राम्रोसंँग बुझेको बताए । आफूले पार्टीको विभिन्न तह र तप्कामा सक्रियरुपमा काम गरेको बताउंँदै जनताको जीवनस्तर परिवर्तन गर्न उम्मेद्वारी दिएको बताए । आन्दोलनका प्राप्त उपलब्धिलाई रक्षा गर्दै आगामी दिनमा युवालाई उत्पादनसंँग जोड्नु पर्ने उनको भनाई थियो ।

आफूले जितेको खण्डमा बाग्मती प्रदेश सभामा यहांँका जनताको आवाजको प्रतिनिधित्व गर्ने उनको प्रतिबद्धता थियो । जोशीले आइतबार भरतपुर महानगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट