शाहले लिए बेसको नेतृत्व

भरतपुर, १३ असोज ।
भरतपुर इङ्लिस स्कूल्स् सोसाइटी (बेस)को २०औं साधारणसभा, ११ औं अधिवेशन एवं शुभकामना आदानप्रदान कार्यक्रम बुधबार भरतपुरमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका केन्द्रीय कार्यसमिति सदस्य मोहन लामाले शैक्षिक गुणस्तर बृद्धि गर्नमा बेसको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै समय र परिस्थितिलाई मूल्याङ्कन गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्नमा नै ‘बेस’ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

संस्थागत विद्यालयहरु शिक्षा ऐन, कम्पनी ऐन र श्रम ऐनको परिधिभित्र रहेर अगाडि बढिरहँदा पनि अनेकौं चुनौती खडा भएको हुनाले विद्यार्थीहरुको चौतर्फी विकास गर्दै गुणस्तर सुधार गर्नमा नै संस्थागत विद्यालयहरु केन्द्रित हुनुपर्ने आवश्यकता रहेको लामाले बताए ।

अधिवेशनले ईन्द्रेश शाहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा शिव केसी (अंग्रेजी-द्वितीय पत्र), सचिवमा बिष्णुबहादुर बस्नेत (सामाजिक), कोषाध्यक्षमा रमाकान्त शर्मा (कम्प्युटर) चयन भएका छन् ।

यसैगरी समितिका सदस्यहरुमा ऋषिराज घिमिरे (गणित), दुर्गाप्रसाद घिमिरे (विज्ञान), नारायण सापकोटा (नेपाली), ओमराज मैनाली (अंग्रेजी-प्रथम पत्र), होमनाथ सापकोटा (स्वास्थ्य तथा स्थानीय पाठ्यक्रम) चयन भएका छन् ।

यस्तै अधिवेशनले चेतन सेढाईंको अध्यक्षतामा लेखा समितिसमेत निर्विरोध चयन गरेको छ । समितिको सदस्यहरुमा ज्ञानहरि आचार्य र अमिर श्रेष्ठ चयन भए ।
भरतपुर इङ्लिस स्कूल्स् सोसाइटीका अध्यक्ष ईन्द्रेश शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याब्सन बागमती प्रदेशका सह-कोषाध्यक्ष नवराज भट्ट, प्याब्सन भरतपुर महानगर अध्यक्ष लेखनाथ खनाल, बेसका पूर्व अध्यक्ष टीकाराम चापागाईं, बेसका निवर्तमान अध्यक्ष लक्ष्मीकान्त चालिसे, प्याब्सन चितवनकी वरिष्ठ उपाध्यक्ष सीता रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सचिव श्रीप्रसाद ढुङ्गानाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिव केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट