भरतपुर, ११ असोज ।
फर्निटेक नेपालले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि ‘दशैँ तिहार ट्रीपल उपहार’ योजना ल्याएको छ । यो योजना अवधिभर फर्निटेकबाट कुनै पनि फर्निचर खरिद गर्दा हरेक खरिदकर्तालाई विभिन्न उपहार प्याकेज दिईने फर्निटेक नेपालका मेनेजिङ डाईरेक्टर हरिशचन्द्र अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार फर्निटेक नेपालबाट रु ५० हजार वा सोभन्दा बढीको फर्निचर खरिदमा हरेक खरिदकर्ताले सि.एम.टी. रिसोर्टमा दुईजनासम्मको लागि डिनर प्याकेज पाउनेछन् । रु २ लाख वा सो भन्दा बढीको फर्निचर खरिदमा हरेक खरिदकर्ताले अशोका रिसोर्टमा दुई जनाको लागि स्टे (बेड र ब्रेकफास्ट) सहितको प्याकेज पाउनेछन् । रु ५ लाख वा सो भन्दा बढीको फर्निचर खरिद गर्दा खरिदकर्ताले दुई जनाको लागि सोल्टी वेस्टेन्ड रिसोर्टमा स्टे (बेड र ब्रेकफास्ट)सहितको उपहार प्याकेज पाउनेछन् । उनका अनुसर यो योजना दशैँको घटस्थापनादेखि छठको भोलिपल्टसम्म मान्य रहने छ ।





