मनकलीको गृह विमोचनसँगै विमर्श कार्यक्रम

भरतपुर, १८ भदौ ।
साहित्य संगम चितवनले भरतपुरमा `मनकली´ उपन्यासमाथि विमर्श गरेको छ । विमला अधिकारी देवकोटाको यो उपन्यासको गृह लोकार्पण पनि गरिएको हो । साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी र लेखक अधिकारीले संयुक्तरूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकमाथि बोल्दै समीक्षक धनेश्वर भट्टराईले मनकली नारीपरक उपन्यास भएको बताए । `नेपाली समाजमा नारीले भोग्नुपरेका दु:ख, पीडा र वेदनालाई उतारिएको छ´, भट्टराईले भने -`गाउँकी केटीले जीवन बाँच्ने क्रममा जुध्नुपरेका समस्या र भोग्नुपरेका अप्ठ्यारालाई पुस्तकमा समेटिएको छ ।´ मनकली सामाजिक यथार्थमा लेखिएको उपन्यास भएको पनि भट्टराईले बताए । अर्कि वक्ता कल्पना आचार्य बस्ताकोटीले नारीलाई मुख्य पात्र बनाएर लेखिएको यो उपन्यास पढ्दा आफ्नै भोगाइ जस्तो लागेको अनुभव सुनाइन् ।

कार्यक्रमका प्रमुख अतिथि कुसुमाकर न्यौपानेले मनकली सामाजिक उपन्यास भएको बताउँदै समाजका वास्तविक कथालाई उपन्यासकार अधिकारीले पुस्तकमार्फत चित्रण गरेको बताए ।समीक्षक कपिल अज्ञात, जगन्नाथ पण्डित, इन्द्र रेग्मीले पनि पुस्तकका बारेमा बोलेका थिए ।

इन्डिगो इन्क पब्लिकेसन्सले प्रकाशन गरेको पुस्तकको मूल्य ४४९ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट