२०७९ भदौ १९ गते आइतबारको कायाकैरन दैनिक(E-paper)
भरतपुर महानगर उत्कृष्ट

काठमाडौँ, १८ भदौ । राष्ट्रिय खेलकुद परिषद्ले चितवनको भरतपुर महानगरपालिकालाई सात सय ५३ मध्ये उत्कृष्ट स्थानीय तह घोषणा गरेको छ । नेपालका स्थानीय तहमध्ये खेलकुदका क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन गरेकाले भरतपुरलाई उत्कृष्ट महानगर घोषित गरिएको राखेपले जनाएको छ । गएको वर्ष उक्त महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि रु नौ करोड ४७ लाख रकम विनियोजन […]
नासाले चन्द्रमामा रकेट प्रक्षेपणका लागि पुनः तयारी थाल्यो
संयुक्त राज्य अमेरिका, १८ भदौ । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी गरेको छ । यसै साता दोस्रो पटक प्रक्षेपण टोलीले नासाले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली ३२२ फिट (९८ मिटर) लामो रकेटमा करिब १० लाख ग्यालन इन्धन लोड गर्न सुरु गरेको थियो । खराब […]
नेपाली चलचित्रलाई विश्वसामु पुग्नेगरी विकास गरिनुपर्छ: मन्त्री कार्की

काठमाडौँ, १८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्नेगरी विकास गर्नुपर्ने बताएका छन् । नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारणसभामा उनले विदेशमा रहेका नेपालीलाई चलचित्र हेर्न सहज बनाउनुपर्ने बताए । मन्त्री कार्कीले निर्माता सङ्घमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै नेपाली […]
आउने निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ: अध्यक्ष ओली

इनरुवा, १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरे । एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप […]
चितवनका ३९ जना कराँते खेलाडीको ग्रेडिङ

चितवन, १८ भदौ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनले जिल्लाका ३९ जना खेलाडीहरुको “अप–डन ग्रेडिङ“. गरेको छ । राष्ट्रिय खेलकुल परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल कराँते महासंघ र नेपाल सितेरियो कराँते संघको सहकार्यमा खेलाडीहरुको ग्रेडिङ गरिएको हो । शनिबार भरतपुरमा सम्पन्न दीक्षान्त समारोहमा ३९ जना खेलाडीको ग्रेडिङ तथा पाँच जना पुराना खेलाडीलाई मानार्थ ब्ल्याक […]
निःशुल्क स्वास्थ्य शिविरबाट ९३५ जनाले लिए सेवा

भरतपुर, १८ भदौ । भरतपुरमा संचालित एक दिने शिविरबाट नौ सय ३५ जना लाभान्वित भएका छन् । गीतानगर लयान्स क्लब, भरतपुर महानगरपालिका वडा नम्बर १३, चितवन हर्नबिल लायन्स क्लब र गीतानगर लियो क्लबको संयुक्ता आयोजनामा संचालित शिविरमा शनिवार नि : शुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो । काठमाडौँ मेडिकल कलेज काठमाडौँको प्राविधिक संयोगमा […]
मेघौली विमानस्थलको स्तरोन्नती गर्न ‘टोपोग्राफी सर्भे’ सुरु

चितवन,१८ भदौ। पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको स्तरोन्नती गरिने भएको छ । विमानस्थलको गुरुयोजना निर्माणका लागि डिजिटल प्रविधिको प्रयोग गरी “टोपोग्राफी सर्भे” सुरु गरिएको छ । शनिबार मेघौली पुगेर पूर्वप्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गरे । अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नती भएर विमान सञ्चालनमा आउने […]
देवचुली बाल संजालको अध्यक्षमा भुसाल चयन

देवचुली, १८ भदौ । देवचुली नगरपालिका वडा नम्बर १० बाल संजालको अध्यक्षमा दीपशिखा भुसाल सर्वसम्मत चयन भएकी छन् । देवचुली नगरपालिका वडा नम्बर १० ले जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालानको सहयोगमा शनिबार भएको कार्यक्रमबाट भुसालको अध्यक्षतामा २१ सदस्यीय वडा बाल संजाल गठन गरिएको हो । शनिबार देवचुली-१० मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा […]
मनकलीको गृह विमोचनसँगै विमर्श कार्यक्रम

भरतपुर, १८ भदौ । साहित्य संगम चितवनले भरतपुरमा `मनकली´ उपन्यासमाथि विमर्श गरेको छ । विमला अधिकारी देवकोटाको यो उपन्यासको गृह लोकार्पण पनि गरिएको हो । साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी र लेखक अधिकारीले संयुक्तरूपमा पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकमाथि बोल्दै समीक्षक धनेश्वर भट्टराईले मनकली नारीपरक उपन्यास भएको […]
लक्की सांगीतिक साँझमा गायक कार्की र गायिका वन्दनालाई सम्मान गरिने

भरतपुर, १८ भदौ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले असोज १५ गते भरतपुरमा भव्य सांगीतिक साँझ आयोजना गर्ने भएको छ । सांगीतिक साँझमा चर्चित वरिष्ठ सदावहार गायक आनन्द कार्की तथा चर्चित गायिका देविका वन्दनालाई सम्मान गर्ने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ ले जानकारी दिए । नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित […]
श्यामप्रसाद स्मृति पार्क उद्घाटन तथा प्रतिमा अनावरण

मकवानपुर, १८ भदौ । नेपाली प्रगतिवादी साहित्य लेखन, बामपन्थी राजनिती , पत्रकारितालगायतका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका श्यामप्रसाद शर्माको स्मृतिमा निर्माण भएको स्मृति पार्क समुद्घाटन एवम् प्रतिमा अनावरण शुक्रबार हेटौँडा -१८ , गुम्बाडाँडामा भएको छ । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले प्रदेश सरकार पर्यटन, वन, उद्योग तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरेको हो । श्यामप्रसाद शर्माबारे […]
देवचुलीमा व्यवसाय दर्ता तथा नवीकरण शिविर : दोस्रो दिन ४६ वटा नयाँ दर्ता तथा २९ वटा नवीकरण

देवचुली, १८ भदौ । देवचुली नगरपालिकामा बिहीबारबाट सुरु भएको व्यवसाय दर्ता तथा नवीकरण शिविरमा व्यावसाय दर्ता गर्नेको संख्या वृद्धि हुँदै गएको छ । देवचुली उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिको सहकार्यमा देवचुली नगरपालिकाले शुक्रबार देवचुली वडा नम्बर १६ रजहर बजारमा शिविर संचालन गरिएको हो । पहिलो दिनको शिविरमा ४६ वटा नयाँ दर्ता तथा २९ […]