भरतपुर,१६ भदौ ।
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले १ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले ४१ जिल्लाका ४४ वटा शाखाअन्तर्गत सहुलियत दरमा खाद्यन्न बिक्री वितरण गर्ने भएको हो ।
कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले १ असोजबाट दसैँतिहार लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्ने निणर्य भएको जानकारी दिइन् । उनले भनिन्, ‘१ असोजदेखि सञ्चालन गर्ने तयारी भएको छ । थप निणर्य हुन बाँकी नै छ ।’
कम्पनीले हरेक वर्ष बजार मूल्यभन्दा सस्तो दरमा खाद्यन्नसहित खसीबोकासमेत बिक्री गर्दै आएको छ । यस पटक पनि आउँदो दसैँलाई लक्षित गर्दै कम्पनीले सुपथ मूल्यमा पसल सञ्चालन गर्न लागेको हो ।





