डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँ बढयो

काठमाडौं, १६ भदौ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको निगमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ […]

दसैँतिहार लक्षित सहुलियत पसल असोज १ गतेदेखि सञ्चालन हुने

भरतपुर,१६ भदौ ।  खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले १ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले ४१ जिल्लाका ४४ वटा शाखाअन्तर्गत सहुलियत दरमा खाद्यन्न बिक्री वितरण गर्ने भएको हो । कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले १ असोजबाट दसैँतिहार लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्ने निणर्य भएको जानकारी दिइन् । उनले भनिन्, ‘१ […]

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल

भरतपुर,१६ भदौ । भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्ट इण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ । मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन् ।मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र वातावरण सुहाउँदो हुनुपर्छ तर कङ्क्रिटको यो होटल तीनतले छ । रिभर साइड रोयल गार्डेन […]

कांग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस

झापा, १६ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ बाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मत सिफारिस गरिएको छ । क्षेत्र नं १ मा शर्मालाई उम्मेद्वार बनाउनुपर्ने भन्दै जिल्ला पार्टी उपसभापति केशव पाण्डेले प्रस्ताव गर्नुभएको थियो । पाण्डेले गरेको प्रस्तावलाई क्षेत्रीय समितिले सर्वसम्मत पारित गरेको […]

फोनिज चितवनले बुझायो पत्रकार महासंघलाई ज्ञापनपत्र

  भरतपुर,१६ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको दाबी गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत महासंघको केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएको छ । फोनिजको केन्द्रीय समितिको निर्णयानुसार हरेक जिल्ला शाखाहरूबाट एक साथ ज्ञापनपत्र बुझाउने कार्यक्रमअनुसार चितवन जिल्लालाई पनि ज्ञापनपत्र बुझाएको फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले […]

सापकोटालाई स्वागत, सुवेदीलाई विदाई

चितवन,१६ भदौ । भरतपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटालाई स्वागत गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गरेका हुन् । सापकोटा यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त समुह) मा कार्यरत थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आफ्नो […]

पद्मश्री साहित्य पुरस्कार, साधना सम्मान र गौरव पुरस्कार घोषणा

भरतपुर, १६ भदौ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वार्षिकरूपमा दिँदै आएको पुरस्कारहरू सार्वजनिक गरेको छ । जसअन्तर्गत केशवराज ज्ञवालीको कथासङ्ग्रह `अर्को भोर´ले पद्मश्री साहित्य पुरस्कार पाउने भएको छ । त्यसैगरी वरिष्ठ कथाकार माया ठकुरीलाई पद्मश्री साधना सम्मान र चिकित्सक सन्दुक रुइतलाई पद्मश्री गौरव पुरस्कार दिइने भएको छ । प्रतिष्ठानले बिहीबार बिज्ञप्ति जारी गर्दै […]

नारायणगढ–मुग्लिङ सडकखण्डको पहिरो हटाएपछि अवरुद्ध यातायात संचालनमा

भरतपुर, १६ भदौ । पहिरो हटाएपछि नारायणगढ–मुग्लिङ सडकखण्डको अवरुद्ध यातायात ९ घण्टापछि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहीबार बिहान ५ बजेर ५० मिनेट जांँदा भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा लेदोसहितको पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि दिउँसो २ बजेर ४५ मिनेटबाट यातायात दुईतर्फी सञ्चालनमा आएको […]

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो तीन बजेसम्म पन्छाउने गरी काम हुँदै

भरतपुर,१६ भदौ । निरन्तर वर्षातसँगै  ठाउँ–ठाउँमा खसेको पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ । सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ–ठाउँमा साना पहिरा खसेका छन् । भरतपुर डिभिजन सडक कार्यालयका इञ्जीनियर सागर कार्कीका अनुसार मौरीपुलबाहेकका पहिरो पन्छाइसकिएको छ । मौरीपुलमा दुई लोडर, दुई व्याकलोडर […]

सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार

दमासकस, १६ भदौ । इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ । सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको हो । सिरियाली उत्तरी शहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको एक सैनिक क्याम्पमा सो क्षेप्यास्त्र हानिएको सिरियाली सेनाले बिहीबार प्रकाशन […]

खेलप्रति आकर्षण छ, पूर्वाधार छैन

दमौली, १६ भदौ । तनहुँको व्यास नगरपालिका–४ निवासी इन्द्र गुरुङको आधा जीवन फुटबल खेलेरै बित्यो । उहाँ सानै हुँदादेखि फुटबल खेल्नुहुन्थ्यो । उहाँले खेल्न सुरु गरेदेखि नै जिल्लामा व्यवस्थित खेलमैदान थिएन । उमेरले ३५ पुग्नुभएका उहाँ जिल्लामा हालसम्म पनि व्यवस्थित खेलमैदान नबन्दा निराश हुनुहुन्छ । गुरुङ हाल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट मान्यताप्राप्त रेफ्रीको […]

चट्याङको आवाजले अझै झस्काइरहन्छ

देउखुरी, १६ भदौ । तीजको रौनक जताततै थियो । तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो । यही भदौ १३ गते मङ्गलबार ९तीजको दिन० बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका थिए । मङ्गलबार […]

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

मकवानपुर, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गर्नुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको थियो । सो अवसरमा उहाँले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि […]

सामाजिक सञ्जालको ‘पोस्ट’ले पैतालीस वर्ष जेलमा

रियाद, १६ भदौ । साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह […]

निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सुरू

काठमाडौं, १६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ । बुधबारबारदेखि बयान सुरू भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा […]

भारतको मध्य प्रदेशमा आयोजित अन्तराष्ट्रिय ग्वालियर साहित्य उत्सवमा नेपाली टोली सहभागी

ग्वालियर, भारत । उद्भव सांस्कृतिक एवं क्रीड़ा संस्थानको आयोजनामा स्थापनाको २५ औँ वर्षको अवसरमा आयोजित प्रथम “अन्तराष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्टदेखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न भएको छ । बुधबार कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग भारतका अध्यक्ष न्यायमूर्ति अरुण मिश्राले देशको संस्कृति र […]

नारायणगढ – मुग्लिङ सडकखण्ड अवरुद्ध

भरतपुर, १६ भदौ । नारायणगढ – मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा मुसलधारे पानीसहित सडकमा लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मुग्लिङ प्रहरीका अनुसार बिहीबार बिहान साढे ५ बजेतिर पहिरो खसेको हो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, चितवनको […]