भरतपुर, १६ भदौ ।
पहिरो हटाएपछि नारायणगढ–मुग्लिङ सडकखण्डको अवरुद्ध यातायात ९ घण्टापछि सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहीबार बिहान ५ बजेर ५० मिनेट जांँदा भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा लेदोसहितको पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि दिउँसो २ बजेर ४५ मिनेटबाट यातायात दुईतर्फी सञ्चालनमा आएको हो ।
केराबारीमा केही दिन यता बर्षाका कारण दिनहुंँजसो पहिरो झरेर सास्ती दिने गरेको छ ।





