नारायणगढ – मुग्लिङ सडकखण्ड अवरुद्ध

भरतपुर, १६ भदौ ।
नारायणगढ – मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा मुसलधारे पानीसहित सडकमा लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

मुग्लिङ प्रहरीका अनुसार बिहीबार बिहान साढे ५ बजेतिर पहिरो खसेको हो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । त्यहाँ पनि सडक बन्द भएको छ । ढुङ्गा पन्छाउन टोली खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट