हेटौँडामा खुला कविता प्रतियोगिता सम्पन्न

हेटौँडा, ११ भदौ ।
साहित्य संगम मकवानपुरले मोती जयन्ती, कुशेऔँसी विशेष खुला कविता प्रतियोगिता आयोजना गरेको छ । ३४ जना प्रतियोगीमध्ये ६ जना अनुपस्थित भ‌ई २८ जनाले कविता वाचन गरेका थिए ।

बुढ्यौली साहित्यका उपाध्यक्ष रामचन्द्र आचार्य फुर्सती प्रमुख अतिथि रहेको यस कार्यक्रममा निर्णायकहरू घनश्याम घिमिरे, छवि अनित्य र विश्वनाथ सञ्जेल थिए ।

निर्णायक टोलीका संयोजक घनश्याम घिमिरेले
कविताले लाक्षणिक चेतना, सिर्जनात्मक क्षमता, व्यङ्ग्यात्मक र प्रतिकात्मक शब्द र सो अनुसारको भाव बोकेको हुनुपर्ने बताए । `केवल चिठी लेखेजस्तो रचना कविता हुन सक्दैन´, घिमिरेले भने- `प्रतियोगितामा थुप्रै राम्रा कविता आएका छन्, विजयीसहित सहभागी सबैलाई बधाई तथा शुभकामना छ ।´

कार्यक्रममा तीन उत्कृष्ट र दुई प्रोत्साहन कविता छनौट भ‌एको थिए । रू. २ हजार ५ सय राशीको उत्कृष्ट पुरस्कारतर्फ तीन सर्जकहरू स्वस्तिका दाहाल, समर्पण न्यौपाने, एलिसा पराजुली सम्मानित भ‌ए ।

१ हजार राशीको प्रोत्साहन पुरस्कारतर्फ उषाकिरण अधिकारी र गौरी कँडेल घोषित हुनु भ‌एको कार्यक्रमको प्रायोजक बुढ्यौली साहित्य मकवानपुर रहेको थियो ।

साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा सर्जक संजाल मकवानपुरका संयोजक निमेष निखिल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनाल, गजलकार हरि पौडेल, देवराज खरेल, मुना अर्याल, झरना साहित्यका अध्यक्ष दीपक गौतम, देवराज तिवारी, यश लामा, एसके निधनलगायका सर्जकहरूको उपस्थिति रहेको थियो ।

डी.बी. बर्तौलाले सञ्चालन गरेको कार्यक्रम साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा सम्पन्न भ‌एको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट