उवासंघ चितवनमा एक दिवसिय लेखा सम्बन्धी तालिम

भरतपुर, ११ भदौ। उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसीय लेखा सम्बन्धी तालिम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र चितवन अटोमेकानिक व्यवसायी संघको सयुक्त आयोजनामा सम्पन्न भएको हो । अटोमेकानिकल व्यवसायीहरुलाई लक्षित गरि लेखा तालिमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई सक्षम व्यवस्थीत […]

हेटौँडामा खुला कविता प्रतियोगिता सम्पन्न

हेटौँडा, ११ भदौ । साहित्य संगम मकवानपुरले मोती जयन्ती, कुशेऔँसी विशेष खुला कविता प्रतियोगिता आयोजना गरेको छ । ३४ जना प्रतियोगीमध्ये ६ जना अनुपस्थित भ‌ई २८ जनाले कविता वाचन गरेका थिए । बुढ्यौली साहित्यका उपाध्यक्ष रामचन्द्र आचार्य फुर्सती प्रमुख अतिथि रहेको यस कार्यक्रममा निर्णायकहरू घनश्याम घिमिरे, छवि अनित्य र विश्वनाथ सञ्जेल थिए । निर्णायक टोलीका […]

मेघौली विश्वमै पर्या–पर्यटनका लागि नमुना गन्तव्यः दाहाल

चितवन,११ भदौ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेघौलीले विश्वमै पर्या–पर्यटनका लागि नमुना गन्तव्य रहेको बताएकी छिन् । मेघौली सांस्कृतिक महोसवको शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले मेघौली थप प्रचार–प्रासर गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने उल्लेख गरिन्। मेयर दाहालले स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सवले यहाँको कला सँस्कृति, पर्या पर्यटनको प्रचार–प्रसारमा टेवा पुग्ने […]

यो वर्षको मदन पुरस्कार नवराज लम्सालको ‘अग्नि’ लाई

भरतपुर, ११ भदौ । यो वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले ट्विटरमार्फत जानकारी गराएका छन् । अध्यक्ष दीक्षितका अनुसार यो वर्षको जगदम्बा-श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ […]

प्रज्ञा प्रतिष्ठानको काव्यगोष्ठीमा पोखरेल प्रथम

भरतपुर, ११ भदौ । भरतपुर महानगर प्रज्ञा-प्रतिष्ठानको आयोजनामा गरिएको प्रतियोगितात्मक काव्यगोष्ठीमा गोरखाका नारायणप्रसाद पोखरेल प्रथम भएका छन् । प्रतिष्ठानले १५७औँ मोतीराम जयन्तीको अवसर पारेर शनिबार महासंघको सभाहलमा काव्यगोष्ठी गरेको हो । `अहङ्कारको आयु लामो हुँदैन´ शीर्षकमा आयोजित प्रतियोगितात्मक समस्यापूर्ति काव्यगोष्ठीमा १९ जनाले रचना प्रस्तुत गरेका थिए । प्रतियोगितामा कुल ४२ जनाका रचना प्राप्त भएकोमा छनोट […]

वक्तृत्वकला प्रतियोगितामा डेजी स्कुलका उज्ज्वल भए पहिलो

भरतपुर, ११ भदौ । चितवन जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा खैरहनीस्थित डेजी स्कुलका उज्ज्वलबाबु कट्टेल प्रथम भएका छन् । कुशेऔंशी अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारेर भरतपुरस्थित अशोका होटलमा लेट्स टकले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको हो । `परिवारमा बाको भूमिका´ शीर्षकमा गरिएको वक्तृत्वकला कार्यक्रममा जिल्लाका १६ वटा विद्यालयबाट १६ जना सहभागी थिए । प्रतियोगितामा नारायणी […]

प्रेसिडेन्सी कलेजलाई प्रदेशस्तरीय उत्कृष्ट बिजनेश स्कुलको उपाधि

भरतपुर, ११ भदौ । चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेसले बागमती प्रदेशस्तरीय उत्कृष्ट बिजनेश स्कूलको उपाधि पाएको छ । न्यू बिजनेश एज प्रालिद्वारा काठमाडौंमा आयोजित “छैटौं न्यू बिज बी-स्कूल, मूल्याङ्कन, र्‍याङकिङ अवार्ड-२०२२’ कार्यक्रममा प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेसले उत्कृष्ट बिजनेश स्कूलको उपाधि हासिल गरेको हो । उक्त कार्यक्रममा दुई हजार भन्दा बढी कलेजहरूको सहभागी भएका […]

१८ करोड लगानीमा बेकरी उद्योग

भरतपुर, ११ भदौ । भरतपुरमा १८ करोड लगानीमा बेकरी उद्योग सञ्चालनमा आएको छ । नारायणी बेकरी एण्ड फुड इण्डष्ट्रिजले बेकरी उत्पादन सुरु गरेको हो । भरतपुर महानगर–२४ अमृतनगरमा ७ जनाको लगानीमा अत्याधुनिक प्रविधि सहितको बेकरी उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योग २०७५ फागुनदेखि निर्माण थालिएको थियो । गत पुसदेखिनै उत्पादन थालेको छ । उद्योगका निर्देशक […]

प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

रूपन्देही, ११ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोेहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी […]

हतियार प्रहार गरी श्रीमतीको हत्या

बनियानी, ११ भदौ । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । श्रीमतीको हत्या गरी […]

प्राचीन चितवन : दाउन्नेदेखि हर्नामाडीसम्म फैलिएको जलद्रोणी

भरतपुर, ११ भदौ । हालको चितवन जिल्ला कुनै बेला आदिमानव र आदिवासीको थलो भएको अन्वेषक डिआर पोखरेलले बताएका छन् । आजभन्दा २ लाख वर्ष अगाडि पानीको तलाउ रहेको यो क्षेत्र पानी सुक्दै गएर उपत्यकाको स्वरुपमा आएको पोखरेलले बताए । `भौगोलिक परिवर्तन भएर यहाँबाट पानी बगेर गयो र उपत्यका बन्यो । त्यसपछि हजारौं वर्ष दलदले जमिन, […]

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी

काठमाडौँ, ११ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो […]

वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धमा भ्रम फैलाइयो: कांग्रेस

काठमाडौँ, ११ भदौ । नेपाली कांग्रेसले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ मा वैवाहिक अङ्गिकृत नागरिकताको विषयमा कुनै नयाँ कुरा उल्लेख नहुँदा नहुँदै पनि भ्रम फैलाइएको जनाएको छ । कांग्रेस संसदीय दलले यस सम्बन्धमा यथार्थता स्पष्ट पार्दै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नेपाल नागरिकता ऐन २००९ देखि २०७२ सालमा जारी भएको नेपालको संविधानसम्म आइपुग्दासम्म […]

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

रुपन्देही, ११ भदौ । सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन्।बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता आँैल्लाए । मन्त्री चौधरीले संंविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे । नेकपा […]