भरतपुर, ११ भदौ ।
यो वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ ।
मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले ट्विटरमार्फत जानकारी गराएका छन् ।
अध्यक्ष दीक्षितका अनुसार यो वर्षको जगदम्बा-श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ । दुवै पुरस्कारको राशी जनही चार लाख रुपियाँ रहेको छ । यी पुरस्कार घटस्थापनाको दिन प्रदान गरिनेछ ।





