मेघौली विश्वमै पर्या–पर्यटनका लागि नमुना गन्तव्यः दाहाल

चितवन,११ भदौ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेघौलीले विश्वमै पर्या–पर्यटनका लागि नमुना गन्तव्य रहेको बताएकी छिन् ।
मेघौली सांस्कृतिक महोसवको शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले मेघौली थप प्रचार–प्रासर गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने उल्लेख गरिन्।

मेयर दाहालले स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सवले यहाँको कला सँस्कृति, पर्या पर्यटनको प्रचार–प्रसारमा टेवा पुग्ने बताइन् ।
मेघौली क्षेत्र नारायणी र राप्ती नदीको संगमस्थल, चितवन राष्ट्रिय निकुञ्ज, सहज सडक पूर्वाधार भएकाले नेपालकै पर्या–पर्यटनको केन्द्र विन्दु भएको उनको भनाई थियो ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवन र भरतपुरको मुख्य पर्यटकीय स्थल मेघौलीको विकासको लागि पर्यटकीय पूर्वाधारहरु निर्माण हुन क्रम जारी रहेको उल्लेख गरिन्।
“मेघौली विमानस्थलको स्तरोन्ती भइरहेको छ”, उनले भनिन्,‘राष्ट्रिय स्तरको इको पार्क निर्माण भइरहेको छ । नारायणी र राप्ती तटबन्धनपछि उकास भएको जमिनमा पार्क निर्माणलाई प्राथामिकता दिइने छ । भरतपुरलाई ग्रीन बेल्टका रुपमा विकास गर्छौ । पर्यटनको लागि यहाँ प्रचुर सम्भावना छ ।”
मेयर दाहालले नारायणी नदीको ४ वटा प्याकेजमा ठेक्का भएर काम सुरु भएको र राप्ती नदीको डिपीआर भई अगामी वर्ष तटबन्धनको काम सुरु हुने जानकारी दिइन् ।
भरतपुर महानगरपालिकाले दिगो समधान हुने गरी विकास निर्माणको कामलाई अगाडि बढाएकाले देशमै नमुना शहरको रुपमा स्थापित हुदै गएको मेयर दाहालले बताइन्।
महोत्वस ८ दिनसम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजक टाईगर युवा क्लबले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट