प्रेसिडेन्सी कलेजलाई प्रदेशस्तरीय उत्कृष्ट बिजनेश स्कुलको उपाधि

भरतपुर, ११ भदौ ।
चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेसले बागमती प्रदेशस्तरीय उत्कृष्ट बिजनेश स्कूलको उपाधि पाएको छ । न्यू बिजनेश एज प्रालिद्वारा काठमाडौंमा आयोजित “छैटौं न्यू बिज बी-स्कूल, मूल्याङ्कन, र्‍याङकिङ अवार्ड-२०२२’ कार्यक्रममा प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेसले उत्कृष्ट बिजनेश स्कूलको उपाधि हासिल गरेको हो ।

उक्त कार्यक्रममा दुई हजार भन्दा बढी कलेजहरूको सहभागी भएका थिए । उक्त कलेजहरूलाई पछाडि पार्दै उत्कृष्ट बिजनेश स्कूलको स्थान हासिल गर्न सफल भएको कलेजका प्राचार्या शम्भु क्षेत्रीले जानकारी दिए ।

प्राचार्य क्षेत्रीले भने- `नेपालमा बिजनेश स्कुल र कलेजहरूको उन्नति र प्रगतिका लागि यस्ता खालका कार्यक्रमहरूले प्रेरणा दिन्छ अनि यस्ता कार्यक्रमहरू आयोजना भइरहनुपर्छ । यस अवार्डले कलेजका शिक्षक,कर्मचारीहरूलाई आगामी वर्षहरूमा झनै राम्रो काम गर्न प्रेरित गर्ने छ ।´

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेजले विगत १९ वर्षदेखि कक्षा ११ र १२, बि.बि.ए.र एम.बि.ए.को अध्यापन गराउँदै आएको छ । कलेजले बंगलादेश, श्रीलंका, ताइवानका कलेज तथा विश्वविद्यालयसँग एमओयुमा हस्ताक्षर पनि गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट