वक्तृत्वकला प्रतियोगितामा डेजी स्कुलका उज्ज्वल भए पहिलो

भरतपुर, ११ भदौ ।
चितवन जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा खैरहनीस्थित डेजी स्कुलका उज्ज्वलबाबु कट्टेल प्रथम भएका छन् ।

कुशेऔंशी अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारेर भरतपुरस्थित अशोका होटलमा लेट्स टकले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको हो । `परिवारमा बाको भूमिका´ शीर्षकमा गरिएको वक्तृत्वकला कार्यक्रममा जिल्लाका १६ वटा विद्यालयबाट १६ जना सहभागी थिए ।

प्रतियोगितामा नारायणी नमूना मावि भरतपुरका अभिरव आचार्यले द्वितीय स्थान हासिल गरे । त्यसैगरी विश्वप्रकाश मावि मंगलपुरका  प्रतीक अधिकारीले तृतीय स्थान हासिल गरे भने प्रोत्साहन पुरस्कार नारायणी इङ्लिस स्कुलकी रुसा पौडेलले प्राप्त गरिन् ।

प्रतियोगितामा विजयी हुनेले नगद, पुस्तक र सम्मानपत्र प्राप्त गरेका थिए । प्रथम हुनेले ८ हजार रुपैयाँ, द्वितीयले ५ हजार रुपैयाँ, तृतीयले ३ हजार रुपैयाँ नगद प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायकमा रमेश प्रभात, भूपिन र सविता अधिकारी रहेका थिए ।

लेट्स टकले पुस्तक चर्चा, सामाजिक गतिविधि र शिक्षाका क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको संयोजक आकाश पौडेलले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट