प्रज्ञा प्रतिष्ठानको काव्यगोष्ठीमा पोखरेल प्रथम

भरतपुर, ११ भदौ ।
भरतपुर महानगर प्रज्ञा-प्रतिष्ठानको आयोजनामा गरिएको प्रतियोगितात्मक काव्यगोष्ठीमा गोरखाका नारायणप्रसाद पोखरेल प्रथम भएका छन् ।

प्रतिष्ठानले १५७औँ मोतीराम जयन्तीको अवसर पारेर शनिबार महासंघको सभाहलमा काव्यगोष्ठी गरेको हो । `अहङ्कारको आयु लामो हुँदैन´ शीर्षकमा आयोजित प्रतियोगितात्मक समस्यापूर्ति काव्यगोष्ठीमा १९ जनाले रचना प्रस्तुत गरेका थिए । प्रतियोगितामा कुल ४२ जनाका रचना प्राप्त भएकोमा छनोट समितिले २० जनालाई रचना वाचनको मौका दिएको थियो ।

प्रतियोगितामा कृष्णशरण उपाध्याय द्वितीय, ओमप्रसाद खरेल तृतीय भए भने प्रोत्साहन पुरस्कार चेतना वाग्ले र प्रभास घिमिरेले प्राप्त गरे ।

पुरस्कृतलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । प्रमुख अतिथि भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी र नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले पुरस्कार वितरण गरेका थिए । प्रथम हुनेले १० हजार रुपैयाँ, द्वितीयले ८ हजार, तृतीयले ६ हजार र प्रोत्साहनलाई ४/४ हजार नगद रुपैयाँसहित सम्मान गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले बताए ।

प्रतियोगिताको निर्णायकमा डाक्टर धनेश्वर भट्टराई, केशवराज आमोदी र प्रभा मरहट्ठा कोइराला रहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट