दिवा स्याहार केन्द्रलाई सहयोग

भरतपुर, ८ भदौ ।
भरतपुर महानगरपालिका–२६, दिव्यमा सञ्चालित दिवा स्याहार केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । दिवा स्याहार केन्द्रमा रहेको मस्तिष्क पक्षघात भएका बालबालिकाहरूको लागि बुधबार जे.भी. फाउण्डेशन नेपालका प्रमुख संरक्षक समाजसेवी प्रा.डा. जगदीश वैद्यका तर्फबाट १० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

जे.भी. फाउण्डेशन, जिल्ला शाखा चितवनका अध्यक्ष विज्ञानलाल श्रेष्ठले उक्त रकम दिवा स्याहार केन्द्रका अध्यक्ष लक्ष्मीकान्त घिमिरेलाई हस्तान्तरण गरेका हुन् । गत महिना चितवन भ्रमणको क्रममा फाउण्डेशनका संरक्षक वैद्यले दिवा स्याहार केन्द्रमा पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा बुझेका थिए । सोही अवसरमा उनले सो केन्द्रमा रहेका बालबालिकाहरूको लागि खाजा खर्चस्वरुप हरेक महिना रकम उपलब्ध गराउने वाचा गरेका थिए ।

दिवा स्याहार केन्द्रका सञ्चालिका हरिकला भुषाल तथा जे.भी फाउण्डेशन, जिल्ला शाखा चितवनका उपाध्यक्ष उद्धव जोशीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट