इच्छाकामना अस्पतालमा डिजिटल एक्स–रे मेसिन
इच्छाकामना, ८ भदौ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा अस्पताल संचालनको लागि तयारी तीव्र पारिएको छ । गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै अस्थायी रुपमा भए पनि अस्पताल संचालन गर्ने निर्णय भए बमोजिम अस्पताल संचालनको काम तीव्र पारिएको हो । गाउँपालिकामा बुधबार नयाँ डिजिटल एक्स–रे मेसिन आइपुगेको छ । गाउँपालिकालाई अस्पताल संचालनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब […]
दिवा स्याहार केन्द्रलाई सहयोग

भरतपुर, ८ भदौ । भरतपुर महानगरपालिका–२६, दिव्यमा सञ्चालित दिवा स्याहार केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । दिवा स्याहार केन्द्रमा रहेको मस्तिष्क पक्षघात भएका बालबालिकाहरूको लागि बुधबार जे.भी. फाउण्डेशन नेपालका प्रमुख संरक्षक समाजसेवी प्रा.डा. जगदीश वैद्यका तर्फबाट १० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । जे.भी. फाउण्डेशन, जिल्ला शाखा चितवनका अध्यक्ष विज्ञानलाल श्रेष्ठले उक्त रकम दिवा […]
किन हेलिइन् नारायणीमा ऋचा ?

भरतपुर, ८ भदौ । नारायणी नदीको पुलबाट मंगलबार अपराह्न नदीमा हाम फालेर बेपत्ता भएकी महिला बुधबार साँझसम्म पनि फेला परेकी छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुर्तनी माइती भएकी २६ वर्षीया ऋचा उप्रेतीले मंगलबार दिउँसो पौने ३ बजेतिर नदीमा हाम फालेकी थिइन् । नदीबाट हाम फालेको खबर प्राप्त हुनासाथ वडा […]
प्रधानाध्यापकको स्मृतिमा शैक्षिक सामग्री वितरण

गैंडाकोट, ८ भदौ । स्वर्गीय प्रधानाध्यापक जगदीश अधिकारीको स्मृतिमा भाग्योदय आधारभूत विद्यालयमा निर्माण भएको अक्षय कोषबाट प्राप्त रकमले सोही विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । भाग्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक जगदीश अधिकारीको २०५२ भदौ ८ गते सवारी दुर्घटनामा निधन भएको थियो । सोहि समयदेखिनै स्वर्गीय प्रधानाध्यापकको स्मृतिमा परिवारले अक्षय कोषको निर्माण गरी सोही कोषबाट […]
मलाई असफल पार्नेबाहेक ओलीले अरु काम गरेनन् : प्रचण्ड

माडी, ८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् । माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरु काम नगरेको आरोप लगाएका हुन् । राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले […]