मलाई असफल पार्नेबाहेक ओलीले अरु काम गरेनन् : प्रचण्ड

माडी, ८ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् ।

माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।

राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गरे ।

‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ प्रचण्डले भने, ‘तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन), त्यो सपना चकनाचुर भयो । पटक पटक प्रतिनिधिसभा विघटन गर्ने । र प्रचण्डलाई चैँ कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक प्रधानमन्त्रीका रुपमा मेरा सहअध्यक्ष (केपी ओली)को अर्काे भूमिका देख्न पाइनँ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट