प्रधानाध्यापकको स्मृतिमा शैक्षिक सामग्री वितरण

गैंडाकोट, ८ भदौ ।
स्वर्गीय प्रधानाध्यापक जगदीश अधिकारीको स्मृतिमा भाग्योदय आधारभूत विद्यालयमा निर्माण भएको अक्षय कोषबाट प्राप्त रकमले सोही विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

भाग्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक जगदीश अधिकारीको २०५२ भदौ ८ गते सवारी दुर्घटनामा निधन भएको थियो । सोहि समयदेखिनै स्वर्गीय प्रधानाध्यापकको स्मृतिमा परिवारले अक्षय कोषको निर्माण गरी सोही कोषबाट ब्याजस्वरुप आउने रकमले विद्यार्थीहरुलाई हरेक वर्ष यसैगरी शैक्षिक सामग्री वितरण गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक डिल्ली अम्बैले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले गरिबीका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्दै विद्यार्थीको क्षमतालाई उजागर गर्ने उदेश्यले आफूले विगत २७ वर्षदेखि स्वर्गीय बुबा जगदीश अधिकारीको स्मृतिमा कोष खडा गरेको अधिकारीका छोरा सुजन अधिकारीले बताए । `हरेक वर्ष विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई राहत हुनेगरी बिगत २७ वर्षदेखि शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको र आगामी दिनमा अक्षय कोषको रकमलाई वृद्धि गर्दै लैजाने प्रतिबद्धता गर्दछु´, छोरा सुजनले बताए ।

कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको उपस्थिति रहेको थियो । कार्यक्रममा नरहरि सापकोटा, नारायणप्रसाद सापकोटा, पवित्रा अधिकारी, जिरामान प्रधान, मधुविलाश अधिकारी, लीलावती दराइ, गङ्गाधर सापकोटालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पवित्रा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट