देवचुली, २८ साउन ।
देवचुली नगरपालिका वडा नम्बर १३ को कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा देवचुली वडा नम्बर १३ र डिभिजन वन कार्यालयको सहयोगमा वडा कार्यालयको परिसरमा वृक्षरोपण गरिएको हो ।
क्लबद्वारा देवचुलीका सबै वडाहरुमा विभिन्न कार्यक्रम गर्ने योजना अनुसार देवचुली- १३ मा वृक्षरोपण गरिएको लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका अध्यक्ष टिएम पौडेलले बताए ।
लायन्स क्लब अफ देवचुली सप्तरङ्गीले आफ्नो वडा कार्यालयको पर्यावरण हरियाली बनाउनका लागि विभिन्न जातका बिरुवाहरु रोप्नका लागि स्थान चयन गरेकोमा देवचुली-१३ का अध्यक्ष एकदेव पौडेलले धन्यवाद व्यक्त गरेका थिए । ´वडा कार्यालय परिसरमा रोपिएका बिरुवाहरुको वडाले संरक्षण गर्छ` पौडेलले भने । आगामी दिनका कार्यक्रमहरुमा पनि क्लबसँग सहकार्य गर्ने अध्यक्ष पौडेलले बताए ।
लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका अध्यक्ष टिएम पौडेलको अध्यक्षता भएको वृक्षरोपण कार्यक्रममा देवचुली-१३ का अध्यक्ष एकदेव पौडेलको प्रमुख आथित्यता रहेको थियो ।
त्यसैगरि कार्यक्रममा लायन होमनाथ जैसी, जोन चियर पर्सन शरदमणि खरेल ,पूर्व वडाध्यक्ष क्याप्टेन डिलबहादुर खत्री, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद दवाडीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण सुनिल न्यौपानेले गरेका थिए ।





