चारजना युवा सम्मानित

भरतपुर,२८ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक कार्यमा सक्रिय संस्था बेटर चितवनले चार जना युवालाई सम्मान गरेको छ । संस्थाले शुक्रबार विभीन्न क्षेत्रमा योगदान पुर्याइरहेका युवाहरुलाई “बेटर युथ अवार्ड” र “युथ रिकोनाइजेसन” अवार्डबाट चार युवालाई सम्मान गरेको हो । संस्थाको बेटर युथ अवार्डबाट पछिल्लो समयका चर्चित युवा गायक सुजन चापागाईलाई सम्मानित भएका छन् । […]
गजुरेलको `कुरोको कुटुरो´ सार्वजनिक

खैरहनी, २८ साउन । प्रगतिवादी स्रष्टा हरिप्रसाद गजुरेलद्वारा लिखित `कुरोको कुटुरो´ कृतिको विमोचन गरिएको छ । खैरहनीस्थित पर्सा रेडक्रस भवनको सभाहलमा सम्पन्न गरिएको कार्यक्रममा जनसाँस्कृतिक महासङ्घ नेपालका केन्द्रीय अनुशासन विभाग प्रमुख तथा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी र लेखककी आमा खड्गकुमारी गजुरेलले पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा विमोचित पुस्तकका बारेमा समीक्षक केशवराज […]
भरतपुर वडा नम्बर १० ले थाल्याे सरसफाइ अभियान

भरतपुर, २८ साउन भरतपुर महानगरपालिका वडा नम्बर १० ले वडाभित्र सरसफाइ गर्ने अभियान आरम्भ गरेकाे छ । वडाका विभिन्न टाेलमा बृहत् सरसफाइ गर्ने गरी अभियान थालिएकाे वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालले जानकारी दिए । अभियानकाे पहिलाे दिन महाकालेश्वर शिवालय मन्दिर परिसर तथा शिवालय मार्गमा सरसफाइ गरिएकाे छ । जुनियर प्रहरी अधिकृत शिक्षालय (प्रहरी […]
देवघाट घोषणापत्र जारी गर्दै ढकाल समाजको राष्ट्रिय सम्मेलन सकियो

देवघाटधाम, २८ साउन । ६ बुँदे देवघाट घोषणापत्र जारी गर्दै नेपाल ढकाल समाज प्रतिष्ठानको राष्ट्रिय सम्मेलन सकिएको छ । राष्ट्रिय भेलामा ६४ जिल्लाबाट ३७६ जना सहभागी थिए । उपमन्यु ऋषि, ढकाल थर, कुल पूजाबिधि तिथिमितिका विषयमा छलफल गरेको भेलाले `देवघाट घोषणापत्र २०७९´ घोषणा गरेको हो । ढकाल समाजका केन्द्रीय अध्यक्ष टीकाराम शर्मा ढकालले सम्मेलन सफल […]
प्रजनन अधिकारबारे छलफल गर्दै किशोरीले मनाए अन्तर्राष्ट्रिय युवा दिवस

कावासोती, २८ साउन । शुक्रबार अगष्ट १२ तारिखमा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । यसै सन्दर्भमा कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समूहका प्रतिनिधिलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा अभिमुखीकरण गर्दै यो दिवस मनाएका छन् । कावासोतीमा जागृति बाल तथा युवा सरोकार नेपालद्धारा संचालित किशोरी शसक्तिकरण कार्यक्रमका किशोरीहरुले […]
देवचुली- १३ को वडाकार्यालय परिसरमा वृक्षरोपण

देवचुली, २८ साउन । देवचुली नगरपालिका वडा नम्बर १३ को कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा देवचुली वडा नम्बर १३ र डिभिजन वन कार्यालयको सहयोगमा वडा कार्यालयको परिसरमा वृक्षरोपण गरिएको हो । क्लबद्वारा देवचुलीका सबै वडाहरुमा विभिन्न कार्यक्रम गर्ने योजना अनुसार देवचुली- १३ मा वृक्षरोपण गरिएको लायन्स क्लब अफ देवचुली […]