गजुरेलको `कुरोको कुटुरो´ सार्वजनिक

खैरहनी, २८ साउन ।
प्रगतिवादी स्रष्टा हरिप्रसाद गजुरेलद्वारा लिखित `कुरोको कुटुरो´ कृतिको विमोचन गरिएको छ । खैरहनीस्थित पर्सा रेडक्रस भवनको सभाहलमा सम्पन्न गरिएको कार्यक्रममा जनसाँस्कृतिक महासङ्घ नेपालका केन्द्रीय अनुशासन विभाग प्रमुख तथा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी र लेखककी आमा खड्गकुमारी गजुरेलले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा विमोचित पुस्तकका बारेमा समीक्षक केशवराज आमोदीले टिप्पणी गरेका थिए । समीक्षापछि रचनावाचन पनि गरिएको थियो । कार्यक्रममा अतिथिको रूपमा ईश्वरी अ‍ोझा, प्रेम रिमाल, नेकपा माअ‍ोवादी केन्द्र वागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा सभासद भावना सुवेदी, प्रदेश कमिटी सदस्य सञ्जिता बराईली, खैरहनी नगरपालिका मा‍अ‍ोवादी केन्द्रका अध्यक्ष रामेश्वर पोखरेल, नेपाली काङ्ग्रेस खैरहनी नगरपालिकाका अध्यक्ष गुणराज श्रेष्ठलगायतको उपस्थिति थियो । स्रष्टाहरु गिरिराज डल्लाकोटी, राजेन्द्र घायल, रामशरण थपलिया, रोहिणी लोहनी, मणिराम नेपाल, हीराप्रसाद रिमाल, मिलन सुवेदी, रंगलाल शर्मा, लीला दाहाल, चेतनाथ रुवाली, मिठूकुमारी पाठक, भवनाथ त्रिपाठीलगायतका स्रष्टाहरुले रचना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जनसाँस्कृतिक महासङ्घ खैरहनी नगर तदर्थ समितिका संयोजक हरिप्रसाद गजुरेलको सभापतित्वमा भएको कार्यक्रममा सदस्य बाबुराम अर्यालले स्वागत मन्तव्य र कृष्ण अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

सोही कार्यक्रममा हरिप्रसाद गजुरेलको अध्यक्षतामा भवनाथ त्रिपाठी उपाध्यक्ष, बाबुराम अर्याल सचिव र ठूलीमाया मुक्तान कोषाध्यक्ष र अन्य सदस्यहरु रहेको १५ सदस्यीय जनसाँस्कृतिक महासङ्घ खैरहनी नगर कमिटी पनि गठन गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट