भूमि आयोग नवलपरासीपूर्वले पायो पूर्णता

कावासोती, २५ साउन ।
राष्ट्रिय भूमि आयोग नवलपरासी (बसुपूर्व)ले पूर्णता पाएको छ । राष्ट्रिय भूमि आयोग नवलपरासी (बसुपूर्व)का अध्यक्ष तारापति खरेलका अनुसार जिल्ला समितिमा सुष्मा खनाल, राम तामाङ र भागीरथ शर्मालाई सदस्यमा मनोनयन गरेसँगै आयोगको जिल्ला समितिले पूर्णता पाएको हो ।

जिल्ला समितका सदस्यहरुलाई अध्यक्ष खरेलले जिल्ला प्रशासन कार्यालय कावासोतीमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको उपस्थितिमा पद तथा गोपनियताको सपथ गराएका छन् । तीन जना सदस्यमध्ये शर्माको पद तथा गोपनियताको सपथ हुन बाँकी रहेको छ ।

यसअघि अध्यक्षमा नेपाली कांग्रेसबाट खरेल चयन भएपछि सदस्यहरुमा चयन भएका खनाल नेकपा माओवादी केन्द्र, तामाङ जनता समाजवादी पार्टी र शर्मा राष्ट्रिय जनमोर्चाको कोटामा नियुक्त भएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट