भरतपुर अस्पतालमा अनलाइन टिकट पुनः सुरु

भरतपुर, १६ साउन ।
भरतपुर अस्पतालले अनलाइन टिकटलाई पुनः सञ्चालनमा ल्याएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले छिटोछरितो अनलाइन टिकटलाई पुनः सुरु गरिएको बताए ।

अनलाइन टिकट अघिल्लो वर्ष पनि प्रयोगका रूपमा सञ्चालन गरिएको थियो । त्यतिबेला यसको प्रयोग लामो र झन्झटिलो थियो । टिकटको निश्चित शुल्क पनि लाग्ने व्यवस्था थियो । तर यसपटक सुरु गरिएको अनलाइन टिकट ५ स्टेपमा लिन सकिने व्यवस्था गरिएको अस्पतालका प्रमुख पौडेलले बताए । अस्पतालले अहिले टिकटलाई निशुल्क रूपमा लिन पाउने व्यवस्था पनि गरेको छ ।

टिकट बीमा र बीमा बाहेकका दुई थरी हुन्छन् । अनलाइनबाट सामान्य किसिमको टिकट लिँदा बिरामीको नाम र बिरामीले उपचार गर्न खोजेको सम्बन्धित बिसेसज्ञ डाक्टरको नाम राखेर टिकट लिने व्यवस्था छ भने बीमावालाको हकमा बीमा नम्बर पनि उल्लेख गर्नुपर्ने हुन्छ । भरतपुर अस्पतालको वेबसाइटबाट टिकट लिन सकिने व्यवस्था छ । `अनलाइनबाट काटिएको टिकट प्रीन्ट गरेर सोही दिन अस्पताल समयभित्र जुनसुकै बेला डाक्टरलाई देखाउन सकिनेछ´ अस्पताल प्रमुख पौडेलले भने – `अनलाइन टिकट छिटोछरितो छ र यसले अस्पतालमा हुने गरेको अस्वभाविक भीडलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।´

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट