२०७९ साउन १७ गते मंगलबारको कायाकैरन दैनिक(E-paper)
भरतपुर अस्पतालमा अनलाइन टिकट पुनः सुरु

भरतपुर, १६ साउन । भरतपुर अस्पतालले अनलाइन टिकटलाई पुनः सञ्चालनमा ल्याएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले छिटोछरितो अनलाइन टिकटलाई पुनः सुरु गरिएको बताए । अनलाइन टिकट अघिल्लो वर्ष पनि प्रयोगका रूपमा सञ्चालन गरिएको थियो । त्यतिबेला यसको प्रयोग लामो र झन्झटिलो थियो । टिकटको निश्चित शुल्क पनि लाग्ने व्यवस्था थियो । […]
भरतपुरको भोर्लेमा माइक्रो बस दुर्घटनाः १८ जना घाइते

भरतपुर,१६ साउन। चितवनको भरतपुर महानगरपालिका –२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । आज दिउँसो ४ बजे नारायणगढ मुग्लिङ् सडक खण्डमा धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ न.को माइक्रो बस अनियन्त्रित भइ सडकबाट २५ मिटर तल खस्दा चालक सहित १८ जना घाईते भएका हुन् । घाइतेको उपचारको लागी भरतपुरको चितवन […]
ई–पासपोर्ट आवेदन मंगलबारदेखि बिहान ११ बजेबाटै

काठमाडौं, १६ साउन । राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलवारबाट बिहान ११ बजेदेखिनै खुलाउने भएको छ । राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलवारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो । विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाकाे प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा […]
कोरोनाको उपचारका लागि तोकिए १७ अस्पताल

काठमाडौँ, १६ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था […]
सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट

काठमाडौँ, १६ साउन । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई “नो डाटा, नो प्रोब्लम” योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरूले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न सक्नेछन् । मोबाइल बैंकिङ्ग एप […]
नवलपुरमा चैतेधानको उत्पादन बढ्यो

नवलपुर, १६ साउन । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा चैतेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शङ्कर […]
२०७९ साउन १६ गते सोमबारको कायाकैरन दैनिक(E-paper)
विप्लव र प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

भरतपुर, १६ साउन । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव), खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहित नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी […]
नारायणगढ – मुग्लिङ सडकखण्डको पहिरो पन्छाइयो, यातायात चल्न थाले

भरतपुर, १६ साउन । नारायणगढ – मुग्लिङ सडकखण्डमा यातायात आवतजावतमा अहिले अवरोध नरहेको चितवन प्रहरीले बताएको छ । पहिरोका कारण अवरुद्ध रहेको नारायणगढ – मुग्लिङ सडकखण्ड अहिले दुइतर्फीरूपमा नै सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान ४ बजे भरतपुर- २९ स्थित घुमाउने नजिक माथिबाट लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फीरुपमै अवरुद्ध […]