भरतपुर,१६ साउन।
चितवनको भरतपुर महानगरपालिका –२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
आज दिउँसो ४ बजे नारायणगढ मुग्लिङ् सडक खण्डमा धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ न.को माइक्रो बस अनियन्त्रित भइ सडकबाट २५ मिटर तल खस्दा चालक सहित १८ जना घाईते भएका हुन् ।
घाइतेको उपचारको लागी भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम र सामान्य रहेको चितवन प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिन बिष्टले जानकारी दिए । घाइतेहरु अधिकाँश मुक्तिनाथ बिकास बैंक धादिङमा कार्यरत कर्मचारी रहेको उनले बताए।





