नारायणगढ – मुग्लिङ सडकखण्डको पहिरो पन्छाइयो, यातायात चल्न थाले

भरतपुर, १६ साउन ।
नारायणगढ – मुग्लिङ सडकखण्डमा यातायात आवतजावतमा अहिले अवरोध नरहेको चितवन प्रहरीले बताएको छ । पहिरोका कारण अवरुद्ध रहेको नारायणगढ – मुग्लिङ सडकखण्ड अहिले दुइतर्फीरूपमा नै सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान ४ बजे भरतपुर- २९ स्थित घुमाउने नजिक माथिबाट लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फीरुपमै अवरुद्ध बनेका थियो । अहिले उक्त पहिरो पन्छाई यातायात आवतजावत सहज बनाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट