सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट

काठमाडौँ, १६ साउन ।
सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई “नो डाटा, नो प्रोब्लम” योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ ।

यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरूले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न सक्नेछन् ।

मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले एपमा रहेका सबै सेवाहरू जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यू-आर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् । यो योजना आजबाट लागू भएको छ ।

सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट