भरतपुर, ९ साउन
चितवन र आसपासका क्षेत्रमा लोकप्रियता कमाएको शैक्षिक परामर्शदातृ संस्था सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रा.लि. विभिन्न विद्यार्थीलाई छुटको घोषणा गरेको छ ।
सोमबार भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कलेजले छुट अफर घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कलेज प्रिन्सिपल यज्ञविलास पौडेलले अध्ययनका लागि विभिन्न देशमा जान चाहने दलित, जनजाति र पछाडि परेको समुदायलाई विशेष छुट दिने घोषणा गरे। महिला विद्यार्थी र बाहिरी जिल्लाबाट चितवन, नवलपुरमा आएर डेरा गरी बस्ने विद्यार्थीलाई पनि सहुलियत दिन लागिएको उनले बताए । यस्तै विदेश अध्ययन गर्न जान चाहने खेलाडीलाई पनि विशेष छुट प्रदान गर्ने उनले बताए ।
सन् २०१० मा स्थापना भई निरन्तर सेवा दिइरहेको यो कम्पनीले विशेषगरी जापानमा विद्यार्थी पठाउँदै आएको छ । अब भने अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड, भारत, यूरोप, दक्षिण कोरियालगायत देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका कामसमेत सुरु गरेको पत्रकार सम्मेलनमा पौडेलले बताए ।





